२०८३ साउन ९ शनिबार

कञ्चपुरको डोकेबजार– बेलौरी हुलाकी सडकको काम सुरु

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
3.9K
Shares
कञ्चपुरको डोकेबजार– बेलौरी हुलाकी सडकको काम सुरु

१८ चैत, कैलाली । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गर्नुभएको कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ ।

भारत सरकारको सहयोगमा निर्माणकार्य सुरु गर्ने भनिएकामा उक्त सडक खण्डमा पछिल्लो पटक भारत सरकारले निर्माण नगर्ने जनाएपछि नेपाल सरकारले निर्माण गर्न लागेको हो ।

कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्म १९ किलोमिटर सडक खण्डमा रहेका पुराना हिममपाइप हटाएर कल्भर्ट हाल्ने काम तीव्रगतिमा भइरहेको छ ।

उक्त सडक खण्ड निर्माणको ठेक्का शर्मा र राजेन्द्र जेबी कम्पनीले पाएको छ ।सो सडकका लागि रु ३६ करोड ४७ लाख छुट्याइएको छ ।सडकको चौडाइ सात मिटर पक्की र दुबैतर्फ अढाइ मिटरको वेश रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिनुभयो ।

गत फागुनमा सम्झौता गरिएको सडकको निर्माण कार्य २०७६ भदौमा सम्पन्न हुने इन्जिनियर भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij