२०८३ साउन ९ शनिबार

सरकारी अस्पताल भरतपुरमा मुखको ट्युमर निकालियो

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
6.7K
Shares
सरकारी अस्पताल  भरतपुरमा मुखको ट्युमर निकालियो

१८ चैत, चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर निकालिएको हो ।

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष अघिदेखि उहाँको मुखमा मासु पलाउँदै आएको थियो ।

मासुको परीक्षण (बायोप्सी) गरेपछि ओसीफाइ फाइब्रोमा भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा सन्तोष यादवले बताउनुभयो । उहाँको दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने यादवले उल्लेख गर्दै उहाँले उपचारमा ढिलाइ भए क्यान्सर समेत हुने जानकारी दिनुभयो ।

गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उहाँको निःशुल्क उपचार गरेको हो । आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन भनेर सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij