१८ चैत, काठमाडौं । मुक्तिनाथविकास बैंक लिमिटेडले बिहीवारबाट काठमाण्डौ जिल्लाको नागार्जुन नगरपालिका-४, सितापाइलामा आफ्नो ५६ औं नयाँ शाखा बिस्तार गरेको छ ।
बिहीवार उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथमगभर्नर हिमालयशमशेर ज.ब.रा.ले गर्नुभयो । उद्घाटनको क्रममा उहाँले यस विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग,सीमित बैंकिङ्ग र लघुवित्त सेवाउत्कृष्ठ रहेको बताउनु भयो ।
बैकको सितापाइला शाखाका शाखाप्रवन्धक भरत खनालले स्वागतमन्तब्य राख्नुभयो भने बैंकका प्रमुखकार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमानअवस्था र बैँकको भावी रणनीतिका बारेमा चर्चा गर्नुभयो । बैँकले नेपाली समाजका विद्यमान समस्याहरु समाधान गर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको र भबिष्यमा पनि ल्याउदै जाने बताउनु भयो ।
बैंकले कुल ५६ वटा शाखाकार्यालयहरुबाट १ लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहितकुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवाप्रदान गरी रहेको छ । बैँकको हाल कुल रु. १५ अर्ब २० करोड निक्षेप संकलन गरी रु. १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।