२०८३ साउन ९ शनिबार

ओख्रेमा सहकारी खुलेपछि कृषकलाई राहत

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
4.9K
Shares
ओख्रेमा सहकारी खुलेपछि कृषकलाई राहत

१७ चैत, तेह्रथुम । ओख्रेमा ताक्लुङ सहकारी संस्था स्थापना भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ ।

संस्थाले स्थानीयस्तरमा उत्पादित कृषिजन्य थोक सामग्री खरिद गरेपछि कृषकलाई सहज भएको हो । सहकारी स्थापना भएपछि ओख्रेमा उत्पादन भएका अदुवा, अलैँची, आलु, अम्लिसो, दूधलगायत वस्तु बिक्रीका लागि धनकुटाको सिधुवासम्म धाउनुपर्ने बाध्यता हटेको कृषक चक्रबहादुर कार्कीले बताउनुभयो ।

विसं २०७० मा स्थापित यस सहकारी संस्थाले स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद गर्नुका साथै सहज तथा सुलभ मूल्यमा कृषकलाई आवश्यक मल, बीउबिजन, रासायनिक मल उपलब्ध गराउँदै आएको संस्थाका व्यवस्थापक डोलेन लिम्बूले बताउनुभयो ।

संस्था नहुँदा रासायनिक मललगायतका सामग्री बिचौलियाका कारण चर्को मूल्यमा किन्नु परेको स्थानीयवासी बताउँछन् । संस्थाले गाउँमा उत्पादित दूध स्थानीयस्तरमा बिक्री गरी बाँकी रहेको दूध शुक्रबारे चिस्यान केन्द्रमा पठाउने गरेको ताक्लुङ सहकारी संस्थाका अध्यक्ष, टङ्कबहादुर तामाङले बताउनुभयो । संस्थामा हाल दैनिक र मासिक बचतकर्ता गरी २१९ जना सेयर सदस्य रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij