२०८३ साउन ९ शनिबार

मधेसी मोर्चाको चुनावी रणनीति : भित्र दर्ता, बाहिर घेराउ

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
7K
Shares
मधेसी मोर्चाको चुनावी रणनीति : भित्र दर्ता, बाहिर घेराउ

१७ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनावी प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरु चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।

मोर्चाले मंगलबार चुनावको विरोध गर्दै २ नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्‍यो। जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराइसकेका दलहरुले चुनावको विरोधमा कार्यालय घेराउ गरेर जनताको आँखामा छारो हालेको टिप्पणी मतदाताले गर्न थालेका छन्।

निर्वाचनसम्बन्धी बैठकमा भाग लिने, दल दर्ता गराउने, तर निर्वाचनको विरोध गर्ने मोर्चाको कार्यशैली मधेसी जनताले नै मन पराएका छैनन्। मोर्चाको कार्यशैली हेर्दा ढिलोचाँडो चुनावमा सहभागी हुने विश्वास मतदाताको छ। २ नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसकेन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन्। स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको माघ १७ गते दल दर्ता गराउने समयभित्रै २ नम्बर प्रदेशको ७ जिल्लामा मोर्चासम्बद्ध मधेस केन्द्रित दलले सम्बन्धित निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबाहेक मोर्चासम्बद्ध सबै दल दर्ता छन्। तोकिएको समयभित्र ३० वटा दल दर्ता भएको कार्यालयले जनाएको छ। सिरहा, रौतहट, पर्सा लगायतका जिल्लाहरुमा पनि मोर्चासम्बद्ध दलहरु दर्ता भइसकेका छन्। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij