१५ चैत, काठमाडौं । रेनोल्टको नेपालकालागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले एक्सचेन्ज कार्निभल शुरु गरेको छ ।
कम्पनिले उक्त एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब ‘न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ’ नारासँग जोडिएर आयोजना गरिएको हो ।
नेपालका मूख्य शहरहरुमा शुरु गरेको उक्त अफर रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिने कम्पनीले जनाएको छ । यसको लागि प्रति वर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ ।
त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले पाउने बताईएको छ । यसमा रेनोल्ट डस्टरका लागि रु.२८,२०० तथा रेनोल्ट क्विडका लागि रु.१३,३५७ मासिक किस्ता तोकिएको छ ।
एक्सचेन्ज कार्निभल काठमाडौंमा यहि चैत्र ११ गते देखि चैत्र १६ गतेसम्म आयोजना हुनेछ । त्यसैगरि भैरहवा-बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल-बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म, र नारायणघाट-पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुनेछ ।