२०८३ साउन १० आइतबार

भारतले सीमामा खनेको कुलो सशस्त्रले पुर्न लगायो

ई आर्थिक    मंगलबार, चैत्र १५ २०७३
3.7K
Shares
भारतले सीमामा खनेको कुलो सशस्त्रले पुर्न लगायो

१५ चैत, गुलरिया (बर्दिया)। बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ ।

कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो ।

“उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए”, प्रहरी निरीक्षक पालले भन्नुभयो “सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हाँै ।”

अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र यस्ता कुनै पनि कार्य गर्न पाइँदैन । यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij