२०८३ साउन १० आइतबार

रोबोटले बेलायतको ३० प्रतिशत रोजगारी खोस्ने

ई आर्थिक    आइतबार, चैत्र १३ २०७३
3.8K
Shares
रोबोटले बेलायतको ३० प्रतिशत रोजगारी खोस्ने

एजेन्सी/लन्डनः रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सले आगामी २०३० सम्ममा बेलायतको झन्डै एकतिहाइ रोजगारी खोस्ने अध्ययनले देखाएको छ ।पीडब्लूसीले सार्वजनिक गरेको प्रतिवेदनले केही पेसा हराउने भन्दा पनि स्वरूपमा परिवर्तन आउने जनाएको छ ।

यद्यपि अटोमेसनले थप समृद्धि र अर्थतन्त्रका सबै क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने बताइएको छ । तर नयाँ प्रविधिका कारण म्यानुफ्याक्चरिङ र खुद्रा बिक्रीको क्षेत्रका रोजगारी जोखिममा पर्ने पनि प्रतिवेदनले जनाएको छ ।

बेलायतमा हाल भइरहेको रोजगारीको ३० प्रतिशत अटोमेसनका कारण उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । अमेरिका यसको अवस्था ३८ प्रतिशत, जर्मनीमा ३५ प्रतिशत र जापानमा २१ प्रतिशत छ । पीडब्लूसीका प्रमुख अर्थशास्त्री जोन हाक्सवर्थले मानवीय काम, नियमित कार्य सर्वाधिक जोखिममा परेका रोजगारी भएको बताएका छन् ।

मानव आवश्यकता भएका धेरैजसो रोजगारीजस्तै स्वास्थ्य र शिक्षा भने सुरक्षित अवस्थामा रहने उनले बताए ।कार्यस्थलमा प्रयोग हुने रोबोटको वृद्धि केही क्षेत्रमा उच्च देखिएको छ । यसले पनि केही क्षेत्रमा सम्भावित चुनौती दिन सक्ने बताइएको छ ।

रेलक्षेत्रमा पनि अटोमेसनका कारण रोजगारी जोखिममा पर्न थालेका छन् । यस्तो अवस्थामा सरकारले कम सीप भएका कामदारलाई आगामी १० देखि २० वर्षको अवधिमा बढी तालिम दिएर परिचालन गर्नु आवश्यक भएको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij