२०८३ साउन ९ शनिबार

वर्षाले करोडौँको काँचो इँटा क्षति

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
3K
Shares
वर्षाले करोडौँको काँचो इँटा क्षति

९ चैत, लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ ।

करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा रु तीन करोडभन्दा बढीको क्षति भएको इँटा व्यवसायीले बताएका छन् । ठूलो लगानी लगाएर तयार गरिएको काँचो इँटा गल्दा व्यवसायी मारमा परेका नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य तथा गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक विक्रम साहले बताउनुभयो ।

अहिले अत्यधिक बिक्री हुने याम भएकाले इँटा धमाधम तयारी गरिरहेको अवस्थामा पानी परेका कारण करोडाँको क्षति भएको हो । पानीले काँचो इँटा गल्दा लागत मूल्य गुमाउनुको साथै पुनः काँचो इँटा तयार गर्दा दोब्बर खर्च बेहोर्नु पर्ने अवस्था सिर्जना भएको गोलबजारस्थित सगुन इँटा उद्योगका सञ्चालक रामसगुन यादवको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij