२०८३ साउन ९ शनिबार

विश्वका अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १५६७ औं स्थानमा

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७३
6.3K
Shares
विश्वका अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १५६७ औं स्थानमा

८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५६७ औं स्थानमा उक्लिएका छन् । अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा यस् अघी पनि परिसकेका छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।

सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए ।

यो वर्ष अर्बपतिहरुको सूचीमा १५७७ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सह-संस्थापक उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij