२०८३ साउन ९ शनिबार

केन्द्रले देशभरिका कर्मचारी विवरण सङ्कलन गर्दै

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
4.5K
Shares
केन्द्रले देशभरिका कर्मचारी विवरण सङ्कलन गर्दै

७ चैत, काठमाडौ । राष्ट्रिय सतर्कता केन्द्रले देशभरिका कर्मचारीको विवरण सङ्कलन गर्न थालेकोे छ ।

केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सङ्ख्या यकिन नभएपछि विवरण सङ्कलन गर्न थालेको केन्द्रका उपसचिव परशुराम पोखरेलले जानकारी गराउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि केन्द्रले सबै मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण सङ्कलन गर्न थालेको हो ।

“हामीलाई बुझाएको सम्पत्ति विवरणमा सम्बन्धित कार्यालयले सबै कर्मचारीको विवरण बुझाएका छैनन्” उहाँले भन्नुभयो – “के कति कर्मचारी देशभरि रहेका छन् भन्ने अख्तियारले माग गरेपछि कर्मचारीको विवरण सङ्कलन गर्न थालेका हौँ ।” उहाँका अनुसार सबै कर्मचारीको विवरण सङ्कलन भएपछि कतिले सम्पत्ति विवरण नबुझाएको कुरा वास्तविक रुपमा थाहा हुनेछ ।

केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सम्बन्धित कार्यालयले दरबन्दी सङ्ख्या र कार्यरत सङ्ख्या नपठाएपछि अख्तियारले कर्मचारीको वास्तविक सङ्ख्या यकिन गर्न निर्देशन दिएको हो ।

केन्द्रले पाँच समूह बनाएर मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण अहिले सङ्कलन गरिरहेको उपसचिव पोखरेलले जानकारी गराउनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ मा निजामती, शिक्षक, सैनिक, प्रहरी र अन्य गरी १९ हजार २१३ कर्मचारीले विवरण बुझाएका थिएनन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij