२०८३ साउन ९ शनिबार

गुरुङ जातिको मौलिक संस्कृति झल्काउने कृति बजारमा

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
6.7K
Shares
गुरुङ जातिको मौलिक संस्कृति झल्काउने कृति बजारमा

७ चैत, काठमाडौँ । गुरुङ (तमू) जातिको उत्पत्ति, भाषा, साहित्य र संस्कृतिलगायत मौलिक पहिचानका विषयमा जानकारी दिने पुस्तक सार्वजनिक भएको छ ।

‘राजनीतिक तथा शैक्षिक जागरणका अभियन्ता माननीय दीपक गुरुङ’ नामक उक्त पुस्तकमा राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा गुरुङ समुदायका व्यक्तित्वले पु-याएको योगदानका विषयमा चर्चा गरिएको छ ।

पूर्व सांसद मेजर दीपक गुरुङको जीवनी र उहाँले विभिन्न क्षेत्रमा गर्नुभएको कामका विवरणलाई पनि पुस्तकमा समेटिएको छ ।

अन्वेषक मेदिनीकुमार केवलले लेख्नुभएको पुस्तक छ खण्डमा विभक्त छ । गुरुङ जाति र पूर्व सांसद गुरुङको जीवनका विभिन्न पाटो समेटिएका तस्बिरले पुस्तकलाई थप आकर्षक बनाएको छ ।

शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गर्दै श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले गुरुङ समुदायको मौलिक संस्कृतिको अध्ययन गर्न चाहनेका लागि उपयोगी कृति बजारमा आएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij