२०८३ साउन ११ सोमबार

४२.१९ अंकले बढ्यो नेप्से, एक अर्ब २६ करोडको करोबार

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
7.5K
Shares
४२.१९ अंकले बढ्यो नेप्से, एक अर्ब २६ करोडको करोबार

७ चैत, काठमाडौं । सोमबार सेयर बजार ४२.१९ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ ।

आइतबार २४.८५ अंकले उकालो लागेको सेयर बजार सोमबार पनि उकालो लागेको छ । बजार बढेपछि कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । लामो समयपछि सोमबार एक अर्बमाथिको कारोबार भएको छ ।

यो दिन १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयरमा एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् ।

सोमबारको बजार बीमा मसमूहले बढाएको छ । बीमा समूह ५६६.८३ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको २९.१३, होटेल समूहको ७६.६२, विकास बैंक समूहको ३९.३४, जलविद्यूत समूहको ४४.२१, वित्त समूहको १८.०२ र अन्य समूहको परिसूचक १.७३ अंकले बढेको छ ।

यो दिन प्रभू बैंकको ११ करोड बढीको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योेरेन्सको सात करोड ६१ लाख, नेशनल होइड्रो पावर कम्पनीको ६ करोड ११ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij