२०८३ साउन ९ शनिबार

बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित

ई आर्थिक    शुक्रबार, चैत्र ४ २०७३
5.5K
Shares
बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित

४ चैत, बैतडी । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिनुभयो ।

यो वर्ष बैतडीमा नियमिततर्फ दुई हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी पाँच हजार ४३६, एक्जामटेडतर्फ ८७ छात्र र ९६ छात्रा गरी १८३ तथा आंशिकतर्फ ३५९ छात्र र ६८८ छात्रा गरी १ हजार ४७ जना गरी कुल ६ हजार ६६६ परीक्षार्थी सहभागी भएको विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो । जिल्लामा २५ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij