२०८३ साउन १० आइतबार

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भीर, उपचारको लागि थाईल्याण्ड लगियो

ई आर्थिक    बिहिबार, चैत्र ३ २०७३
4.9K
Shares
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भीर, उपचारको लागि थाईल्याण्ड लगियो

३ चैत, बाजुरा । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री कमरेड भरतमोहन अधिकारी अस्वस्थ भएपछि उपचारका लागि थाईल्याण्ड लगिएको छ । आज बुधबार ११.३० बजे उपचारको लागि थाईल्याण्ड लगिएको हो ।

दिशा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । गएको पुस ७ गते दिसा र पिसाब दुबैको समस्या आएपछि उहाँ तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना हुनुभएको थियो ।

आन्द्रामा र युरिनरी सिष्टममा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले बल्खुस्थित बयोधा अस्पतालमा रिफर गरेको थियो । बयोधा अस्पतालमा उहाँको आठ दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो । त्यसयता घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झन­झन बढिरहेको थियो ।

उहाँलाई जाँच गर्ने बरिष्ठ चिकित्सक डा. युवराज शर्माले मुलुकबाहिर गएर औषधि उपचार गर्न सल्लाह दिनुभएकाले उहाँ थाईल्याण्डको बैकक जानु भएको हो । त्यहाँ उहाँको भेजथानी हस्पिटलमा उपचार हुने छ । उहाँ लामो समयदेखि मुटु तथा दम रोगबाट समेत पीडित हुनुहुन्छ । विक्रम सम्वत् १९९३ वैशाख २२ गते जन्मनु भएका अधिकारी ८० बर्षको हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij