२०८३ साउन ९ शनिबार

जुफाल विमानस्थल पुनःसञ्चालन

ई आर्थिक    मंगलबार, चैत्र १ २०७३
2.9K
Shares
जुफाल विमानस्थल पुनःसञ्चालन

१ चैत, दुनै (डोल्पा) । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः भएको छ ।

उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो ।

यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् ।

विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएकाछन् । आज मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij