२०८३ साउन १० आइतबार

मधेसमा भएको घटना दुःखदायी : प्रधानमन्त्री

ई आर्थिक    मंगलबार, फाल्गुन २४ २०७३
6K
Shares
मधेसमा भएको घटना दुःखदायी : प्रधानमन्त्री

२४ फागुन, चरिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताउनुभएको छ ।

दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको आज उद्घाटन गर्नुहँुदै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाउनुभयो ।

साथै, उहाँले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गर्नुभयो र भन्नुभयो, “मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij