२०८३ साउन १० आइतबार

नेपाल पश्मिना उद्योगसंघको अध्यक्षमा दुर्गा विक्रम थापा निर्वाचित

ई आर्थिक    मंगलबार, फाल्गुन २४ २०७३
5.5K
Shares
नेपाल पश्मिना उद्योगसंघको अध्यक्षमा दुर्गा विक्रम थापा निर्वाचित

२४ फागुन, काठमाडौं । नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा दुर्गा विक्रम थापा निर्वाचित भएका छन् । संघको १६ औँ वार्षिक साधारण सभाले आगामि तीन वर्षकालागी थापालाई छनोट गरेको हो ।

भर्खरै सम्पन्न सभाले आगामि तीन वर्षकालागी तेह्र सदस्य केन्द्रिय कार्यसमिती निर्वाचित गरेको छ । जसमा अध्यक्ष दुर्गा विक्रम थापा, निवतैमान अध्यक्षका पुष्पमान श्रेष्ठ, उपाध्यक्ष विजय कुमार दगर्ड, महासचिवमा चिरन्जीवि काफ्ले , सचिवमा धनप्रसाद लामिछाने , कोषाध्यक्षमा कमलराज विष्ट रहनु भएको छ भने सदस्य हरुमा क्रमशः गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त काफ्ले, कृष्ण प्रसाद पंगेनी , दिनेश कुमार श्रेष्ठ र गणेश कुमार खड्का रहेको नेपाल पश्मिना उद्योग संघले जनाएको छ ।

सभामा बोल्दै नवनिर्बाचित अध्यक्ष दुर्गा विक्रम थापाले नेपाल पश्मिनाले युरोपेली बजारमा राम्रो पकड जमाउन सफल भएको र यसले मुलुकको अर्थतन्त्रमा दिएको योग्दान र रोजगारी साँच्चैनै लोभलाग्दो रहेको जानकारी गराउनुभयो । “यसक्षेत्रको विकास र विस्तारमा राज्यले ध्यानदिने हो भने हाम्रो नेपाली व्राण्डको च्याङ्ग्रा पश्मिनालाई विश्व वजारमा पु-याउन हामी सफल हुनेछौँ ” उहाले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij