२०८३ साउन ११ सोमबार

सेयर बजारमा निरन्तर वृद्धि

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
5.2K
Shares
सेयर बजारमा निरन्तर वृद्धि

२३ फागुन, काठमाडौँ । सोमबार सेयर बजार ४.०७ अंकको वृद्धिसँगै १३५८.४१ अंकमा पुगेर बन्द भएको छ ।

सुरुवातदेखि नै उकालो लाग्न थालेको बजार ११ बजेर ५१ मिनेटमा परिसूचक १३७१ अंकमा पुगेको थियो । बिस्तारै बजारमा पहिरो जान थालेपछि १२: ४६ मा १३५४ विन्दुमा पुगेको थियो ।

पुन: बजार सुधारिन थालेपछि अन्तिम समयमा १३५८.४१ अंकमा पुगेर कारोबार बन्द भएको छ । यो दिन एक सय ४१ कम्पनीको १५ लाख ५० हजार कित्ता सेयरबाट ७४ करोड ७३ लाख ३४ हजार तीन सय ३८ रुपैयाँको कारोबार भएको छ ।

यो दिन बिमा र वित्त समूहको परिसूचक सामान्य अंकले ओरालो लागे पनि बाँकी समूहको परिसूचक उकालो लागेका छन् । बैंकिङ समूहको परिसूचक ४.९९, होटेल ९.४४, बिकास बैंक समूहको १.४८, जलविद्यूत समूहको ६.७३, अन्य समूहको ५.७८ अंकले उकालो लागेका छन् ।

कुल कारोबारमध्ये, नेपाल बंगलादेश बैंकको मात्रै ११ करोड ५२ लाख एक हजार छ सय ३७ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक र एनसीसी बैंकको सवा नौ करोडको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको चार करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ९८ लाख र शिखर इन्स्योरेन्सको दुई करोड ५७ लाखको कारोबार भएको छ । प्रभु बैंक र सिटिजन्स बैंकको एक करोड ६० लाखमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij