२०८३ साउन १० आइतबार

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७३
7K
Shares
मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

२० फागुन, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् ।

यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

यो साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ ।

मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमीट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij