२०८३ साउन ९ शनिबार

आज कालीमाटी तरकारी बजार बन्द

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७३
4.6K
Shares
आज कालीमाटी तरकारी बजार बन्द

२० फागुन, काठमाडौँ । कालीमाटीस्थित फलफुल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो ।

कालीमाटीस्थित फलफुल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ । विसं २०६८ मा भएको सो घटनाबाट बजारको भौतिक संरचनामा समेत ठूलो क्षति भएको थियो । बजारको भौतिक पूर्वाधार अहिले मर्मत तथा पुनःनिर्माण सुरु गरिएको भएपनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

काठमाडौँ उपत्यका, त्यस आसपास क्षेत्र तथा उपत्यका बाहिरबाट दैनिक पाँचसय मेट्रिक टनदेखि एकहजार मेट्रिक टनसम्म तरकारी आउने गर्दछ । उपत्यकामा तरकारी र फलफूलको सुपथ मूल्यमा आपूर्ति हुने सो बजार बन्द भएपछि उपभोक्तालाई समस्या भएको व्यवसायी नवीन साहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij