२०८३ साउन ९ शनिबार

राम मन्दिरका लागि ६५ लाखभन्दा बढी चन्दा

ई आर्थिक    सोमबार, फाल्गुन १६ २०७३
2.5K
Shares
राम मन्दिरका लागि ६५ लाखभन्दा बढी चन्दा

१६ फागुन, त्रिशूली(नुवाकोट) । त्रिशूलीस्थित राममन्दिर पुनःनिमाणका लागि स्थानीयवासीले रु ६५ लाख जुटाएका छन् ।

भूकम्पले भत्काएको मन्दिर दुई वर्ष पुग्न लाग्दा पनि सरकारी निकायबाट पुनःनिर्माणमा चासो नदिइएका कारण स्थानीयवासीले ‘रामचरित्र मानस’ वाचन गरेर रकम जुटाएका हुन् ।

रामचरित्र मानस कथा वाचन कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै राममन्दिर संरक्षण समितिले सबै खर्च कटाएर रु ६५ लाख ७३ हजार बचत भएको जनाएको छ । समितिका संयोजक धनबहादुर श्रेष्ठका अनुसार रामचरित्र मानसमा रु ७४ लाख ३३ हजार सङ्कलन भएको थियो ।

पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशूली बजारबासीको आस्थाको केन्द्र रहेको राममन्दिर पुनःनिर्माणमा सरकारले बेवास्ता गरेको कारण स्थानीयवासी जुट्नुपरेको राममन्दिर संरक्षण समितिका सचिव नारायण श्रेष्ठले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि रु एक करोड ३० लाख लाग्ने प्राविधिकले अनुमान गरेका छन् । समितिले मन्दिर पुनःनिर्माणका लागि थप रकम जुटाउन र पुनःनिर्माणमा प्राथमिकतामा राख्न सरकारी निकायलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij