२०८३ साउन ९ शनिबार

रोटरी क्लबद्वारा भवन हस्तान्तरण

ई आर्थिक    सोमबार, फाल्गुन १६ २०७३
11.1K
Shares
रोटरी क्लबद्वारा भवन हस्तान्तरण

१६ फागुन, भीमदत्तनगर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

रु सात लाख ७३ हजारको लगानीमा निर्माण गरी रोटरी क्बलले वृद्धाश्रमलाई भवन आइतबार हस्तान्तरण गरेको रोटरी क्बल अफ कञ्चनपुरका सदस्य करनसिंह पालले बताउनुभयो ।

एक समारोहका बीच सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले भवनको उद्घाटन गर्नुभयो । “वृद्धाश्रममा आश्रिताई खाना खानका लागि समस्या थियो ।” सदस्य पालले भन्नुभयो–“रोटरीले भान्सा र डाइनिङ कोठा निर्माण गरेको हो ।” उक्त दुई कोठे भवन निर्माणमा सशस्त्र प्रहरीको जनशक्ति सहयोग रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij