१४ फागुन, काठमाडौँ । प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्यो । फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुुबाट पक्राउ परिन् । कैद सजाय भोगिसकेपछि पनि उनी जेलमै छिन् ।
केन्द्रीय कारागार सुुन्धारामा रहेकी रन्जित जरिबानाबापतको कैद सजाय भोगिरहेकी छन् । अब बढीमा दुुई वर्षभित्र जेलमुुक्त हुुनेछिन् । काठमाडौंको जैसीदेवलकी रन्जित भक्तपुुरमा खोलिएको बैजन्ती इन्टरप्राइजेजकी सञ्चालक हुन् । विदेशी विनिमय क