२०८३ साउन ९ शनिबार

महाशिवरात्रिमा साधुहरुलाई २४ लाख रुपैयाँ, ३८ हजार केजी दाउराको धुनी

ई आर्थिक    बिहिबार, फाल्गुन १२ २०७३
3K
Shares
महाशिवरात्रिमा साधुहरुलाई २४ लाख रुपैयाँ, ३८ हजार केजी दाउराको धुनी

१२ फागुन, काठमाडौं । गुठी संस्थानले आसन्न शिवरात्रि पर्वको लागि नेपाल तथा भारतबाट समेत आएका साधुहरुको नाममा २४ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

संस्थानले दिएको जानकारी अनुसार संस्थानले महाविशरात्रिको व्यवस्थापनका लागि बिगतजस्तै यसवर्ष पनि करिब २४ लाख रुपैंया बिनियोजन गरेको हो । संस्थानले महाशिवरात्रिको लागि आवश्यक सबै तयारी पुरा गरिसकेको पनि जनाएको छ ।

संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगूथली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामाग्रीको व्यवस्था गरिसकिएको संस्थानले जनाएको छ । महाशिवरात्रिको दिन बिहान गुठी संस्थानको तर्फबाट श्री पशुपतिनाथमा पन्चामृत स्नानसहित पूजा गरिनेछ ।

महाशिवरात्री अवधिभर साधुसन्त, महात्म, सन्यासीहरुले धुनी बाल्न ३८ हजार किलोग्राम दाउरा गुठी संस्थानले व्यवस्था गरिसकेको छ ।

त्यस्तै, महाशिवरात्रिका अवसरमा आएका साधुसन्त र महात्महरुका लागि २०७३ साल फागुन १५ गते दक्षिणा दिई बिदाइ गरिने बताईएको छ । पशुपति मन्दिर परिसरभित्र नागाहरुको बिदाइ गर्दा दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने र अन्य साधुहरुलाई दक्षिणा दिएर बिदाई गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij