२०८३ साउन ९ शनिबार

मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास

ई आर्थिक    मंगलबार, फाल्गुन १० २०७३
4.2K
Shares
मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास

१० फागुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गर्नुभयो ।

हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक अभियानमा कार्यकर्ता सहभागी हुनुपर्छ”–अध्यक्ष ओलीले भन्नुभयो, “अभियानमा पार्टीले वर्तमान परिस्थितिका बारेमा र गर्न खोजेका कामका बारेमा समेत बुझाउने छ ।”

अध्यक्ष ओलीको सोमबार स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको बताउनुभयो । अभियानअन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij