२०८३ साउन १० आइतबार

बाग्लुङ्गका १८ बर्षिया भिमले बनाए ओशियन गाडी

ई आर्थिक    सोमबार, फाल्गुन ९ २०७३
6.5K
Shares
बाग्लुङ्गका १८ बर्षिया भिमले बनाए ओशियन गाडी

९ फागुन , काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले ‘ओशियन’ नाम दिईएको गाडी निमार्ण गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा यूवक सुनारले एक महिना समय लगाएर निमार्ण गरेको गाडी सार्वजनिक गरेका हुन् ।

यूवक सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनले भने,‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनि गर्नु पर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो ।’

सुनारले थपे,‘यो गाडी ८० हजार लगानिमा निमार्ण भएको छ, तीन लाख खर्च गरेर बनाउने हो भने एक्दमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’

मेशिनको निमार्ण कसरी गर्नु भयो भन्ने प्रश्नमा उनले भने,‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रिबाट चल्ने गाडि बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडिको स्ट्रिङ मैले आफै बनाएको हुँ, राज्यले हामीलाई नहरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लाग्छ ।’

आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारी काट्ने मेसिन बनाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij