२०८३ साउन ९ शनिबार

टेलिकमले गर्यो विभिन्न अस्पताललाई सहयोग

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
3.5K
Shares
टेलिकमले गर्यो विभिन्न अस्पताललाई सहयोग

२१ माघ, काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा बिहीवार विभिन्न अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर, काठमाडौँस्थित प्रसूति गृहलाई १५० थान र पाटन अस्पतालका नवजात शिशुका लागि एक सय थान कम्बल हस्तान्तरण गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी वीर अस्पताल र गङ्गालाल हृदयरोग केन्द्रमा बिरामीका लागि एक-एक सय थान कम्बल तथा दुबै अस्पतालका सेवाग्राहीका लागि एक-एक थान मोबाइल चार्जिङ स्टेसनसमेत उपलब्ध गराइएको छ ।

सहयोग हन्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा यसप्रकारको सहयोग गरेको र यसबाट अस्पतालका सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिकमले आगामी शनिबार १३ औँ वार्षिकोत्सव मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij