२०८३ साउन ११ सोमबार

मन्त्री थापाद्वारा अस्पताललाई उपकरण हस्तान्तरण

ई आर्थिक    सोमबार, पौस ११ २०७३
6.2K
Shares
मन्त्री थापाद्वारा अस्पताललाई उपकरण हस्तान्तरण

digital-exray-machine

गाईघाट (उदयपुर)

स्वास्थ्य मन्त्री गगन थापाले आज उदयपुर जिल्लाको कटारी अस्पताललाई करोडौँ मूल्यका बिभिन्न नयाँ उपकरण हस्तान्तरण गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले मन्त्री थापालाई हस्तान्तरण गरेको करोडौँ मूल्यको उपकरण— डिजिटल एक्स–रे मेसिनसहित एक्बुलेन्स मन्त्री थापाले आज कटारी अस्पताललाई हस्तान्तरण गरेको कटारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

अस्पतालमा उपकरण हस्तारन्तरण कार्यक्रममा मन्त्री थापाले भन्नुभयो, “अब नेपालका अस्पताल सुधार गर्न स्वास्थ्य मन्त्रालयले प्रत्यक अस्पतालमा आधुनिक उपकरण व्यवस्थापन गर्ने र हस्तान्तर गर्ने नीति रहेको छ ।”

यस्तै अस्पतालमा सरकारद्वारा व्यवस्थापन गरिने आधुनिक उपकरण सञ्चालन गर्नका लागि तत्काल सरकारले जनशक्तिको समेत व्यवस्थापन गर्न लागेको जानकारीसमेत मन्त्री थापाले दिनुभएको कटारी अस्पतालका प्रमुख डा अमरेन्द्रकुमार साहले बताउनुभएको छ ।

सरकारले नेपालका प्रत्येक गाउँघरका स्वास्थ्य चौकीलाई समेत क्षमता वृद्धि गर्नका लागि अब प्रत्येक ग्रामीण स्वास्थ्य चौकीमा एमबिबिएस तहका डाक्टर व्यवस्थापन गर्न लागेको समेत बताउनुभयो । स्वस्थ बन्न र रोगबाट लड्नका लागि सरकारले देशमा छिटो स्वास्थ्य सुधारका योजना ल्याउन लागेका कारण यसमा सबैको सहयोग हुनुपर्ने समेत मन्त्री थापाले बताउनुभएको कटारी अस्पतालले बताएको छ ।

अब आर्थिकरुपमा सशक्त हुने वर्गले स्वास्थ्य बीमा गर्नुपर्ने र अन्य आर्थिक अवस्था न्यून हुने जनताका लागि सरकारले निःशुल्क स्वास्थ्य सेवा व्यवस्थापनको नीति सरकारले ल्याउन लागेको समेत मन्त्री थापाले बताउनुभएको छ ।

अस्पतालमा उपकरण हस्तान्तरणसँगै आजै उक्त उपकरणको प्रमुख अतिथि मन्त्री थापाले उद्घाटनसमेत गर्नुभएको छ । सो अवसरमा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा समेत उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, कार्यक्रममा नेपाली काँग्रेस, उदयपुरका सभापति विदुर बस्नेत, क्षेत्र नम्बर ३ का सांसद नारायणबहादुर कार्कीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व रेडक्रस सोसाइटी उदयपुरका सभापति विनोद बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij