२०८३ असोज ८ बिहिबार

एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराउने

ई आर्थिक    बुधबार, फाल्गुन ३० २०८०
8.6K
Shares
एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराउने

ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij