२०८३ असोज ८ बिहिबार

माछापुच्छ्रे बैंकमा बैंकिङ एप–वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा

ई आर्थिक    सोमबार, फाल्गुन २१ २०८०
2.1K
Shares
माछापुच्छ्रे बैंकमा बैंकिङ एप–वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबार असफल भएमा बैंकिङ एप–वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबार कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

डिजिटल कारोबार असफल भएमा सो बारे जानकारी लिन बैंकसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्न यो सुविधाले सघाउने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैं फिर्ता गर्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij