२०८३ असोज ८ बिहिबार

रावा बैङ्क सर्वाधिक डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित

ई आर्थिक    शुक्रबार, पौस १३ २०८०
4.2K
Shares
रावा बैङ्क सर्वाधिक डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित

काठमाडौँ । सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ ।

नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैङ्क परम्परागत प्रणालीबाट डिजिटलाइजेसनतर्फ गएको बताउनुभयो ।

बैङ्कले अन्तर्राष्ट्रियस्तरको उन्नत बैङ्किङ प्रविधिमा आधारित कोर बैङ्किङ सफ्टवेयर भित्र्याउन आइटी इन्हेन्समेन्ट रोडम्याप अन्तर्गत कार्यसमेत गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij