२०८३ असोज ८ बिहिबार

माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला, बैंकलाई अब्बल बनाउने प्रतिवद्धता

ई आर्थिक    बिहिबार, पौस ५ २०८०
7.4K
Shares
माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला, बैंकलाई अब्बल बनाउने प्रतिवद्धता

ई-आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला दोहोरिएका छन् । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सन्तोष कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ । कोइरालाको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको थियो ।

‘माछापुच्छ्रे बैंकलाई थप विश्वसनीय, अनुशासित र व्यवसायीक रुपले अब्बल बैंकका रुपमा अघि बढाउन मेरो दोश्रो कार्यकाल पनि केन्द्रित गर्नेछु’, कोइरालाले सिंहदरबारसँग भने ।

कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेशनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij