ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्याब्सनमा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । प्याब्सन निजी तथा आवसीय विद्यालयहरुको छाता संस्था हो ।
काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
अब भुक्तानी गर्दा नगद कारोबारमा कमी आएर विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकलाई नगद नै बोक्नुपर्ने झन्झट अन्त्य भएको छ। साथै डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकको छ।
मंसिरमा हुन गइरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहभागिता रहने बताइएको छ।