२०८३ असोज ८ बिहिबार

ग्लोबल आईएमई बैंकका ४ नयाँ शाखा थपिए, जम्मा शाखा संख्या ३५५ पुग्यो

ई आर्थिक    सोमबार, मंसिर २५ २०८०
7.4K
Shares
ग्लोबल आईएमई बैंकका ४ नयाँ शाखा थपिए, जम्मा शाखा संख्या ३५५ पुग्यो

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको बूढानीलकण्ठ, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहुँको आँबुखैरेनीमा बैंकका शाखा सञ्चालनमा आएका हुन् ।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको ग्लोबल आईएमई बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

बैंकले अमेरिका,बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स सेवा समेत दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij