२०८३ असोज ८ बिहिबार

प्राइम कमर्सियल बैंक कर्मचारी संघमा पोखरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति निर्विरोध

ई आर्थिक    बिहिबार, मंसिर २१ २०८०
2.9K
Shares
प्राइम कमर्सियल बैंक कर्मचारी संघमा पोखरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति निर्विरोध

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडांैमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै अधिवेशनको सफलताको कामना गरेका थिए ।

अधिवेशनबाट बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति निर्विरोध रूपमा निर्वाचित भएको छ । समितिको उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुंगाना, केन्द्रीय सदस्य (खुला) विवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल, केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij