२०८३ असोज ८ बिहिबार

बैंकिङ प्रणालीमा निक्षेप थुुप्रियो, एकै दिन ४ अर्ब निक्षेप थपिएर ५९ खर्ब निक्षेप

ई आर्थिक    मंगलबार, कार्तिक २१ २०८०
4.2K
Shares
बैंकिङ प्रणालीमा निक्षेप थुुप्रियो, एकै दिन ४ अर्ब निक्षेप थपिएर ५९ खर्ब निक्षेप

ई–आर्थिक, काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिने क्रम जारी रहेको छ । एकैदिन ४ अर्ब निक्षेप थपिएको छ । योसँगै बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप पुगेको हो ।
कात्तिक १८ गते प्रणालीमा ५८ खर्ब ९६ अर्ब निक्षेप थियो। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुले मात्रै ५२ खर्ब १४ अर्ब निक्षेप पुग्दा ४४ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय निक्षेप निरन्तर बढ्न थालेपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८१.५३ प्रतिशत पुगेको छ। प्रणालीमा लगानीयोग्य रकम (तरलता) देखिएसँगै अन्तर बैंकदर ३.२२ प्रतिशत झरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij