ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले बडा दशैंलाई लक्षित गर्दै ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यस योजनाले दशैंको हर्षोल्लास वृद्धि गर्ने बैंकको अपेक्षा छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने बताइएको छ ।
क्यासब्याक रकम पोस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ । यो योजना असोज २८ देखि कात्तिक ५ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।