२०८३ साउन १६ शनिबार

‘बेहुली’ झै चिटिक्क सिगारियो भक्तपुरको ताथली नालाछाप, आकर्षक सजावटमा टिकटक बनाउनेदेखि सजावट हेरेर आनन्द लिनेको भीड

ई आर्थिक    शनिबार, असोज ६ २०८०
23.2K
Shares
‘बेहुली’ झै चिटिक्क सिगारियो भक्तपुरको ताथली नालाछाप, आकर्षक सजावटमा टिकटक बनाउनेदेखि सजावट हेरेर आनन्द लिनेको भीड

ई–आर्थिक, भक्तपुर । तपाई भक्तपुरको च्यामासिंह हुदै नाला तिर लाग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने ताथली नालाछापमा तपाईले पक्कै पनि आकर्षक सजावटका फरक दृष्यहरु बाटोभरी देख्न सक्नुहुनेछ । १२५ भन्दा बढी संयमसेवक र दर्जनौं स्थानीय उक्त स्थानमा सजावट र कार्यक्रम व्यवस्थापनका लागि अहोरात्र खटिरहेका छन्, र विशाल कार्यक्रम ऐतिहासिक बन्ने पक्का पनि भइसकेको छ । आयोजक आफ्नो १७ दिने विशाल कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् ।

कार्यक्रम हो, उक्त ठाउँमा रहेको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ परिसरमा भक्तपुरमै पहिलोपटक हुन लागेको ‘भक्तपुर चाँगुुनारायण धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवम् ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ती ज्ञान महायज्ञ–२०८०’ को ।

 

यो स्थान ‘बेहुली’झै सिगारिएसँगै बनेपाबाट काठमाडौं ओहोर दोहोर गर्नेहरुले रुट नै परिवर्तन गर्न थालेका छन् । धुलिखेका स्थानीय राजन श्रेष्ठ त्रिपुरेश्वरमा रहेको आफ्नो कार्यालय जाँदा आफूले केही दिनदेखि रुट परिवर्तन गरेर यही बाटो हिड्न थालेको बताउँछन् । सँधैजसो बनेपा हुँदै साँगाबाट त्रिपुरेश्वर अफिस धाउने श्रेष्ठ अहिले ४ दिनदेखि बनेपाको चारदोवाटोबाट नालातिर मोडिएर ताथली नालाछाप हुँदै च्यामासिंहबाट जगाती अरनिको राजमार्गमा निस्किएर कार्यालयतिर लाग्छन् । उक्त स्थानका आकर्षक सजावटसँगै बाटैभरी राखिएको आकर्षक गेट पार गर्दै जाँदा उनलाई आनन्दको अनुभुति हुने वताउँछन् । कार्यालय विदाको एक दिन गएर दिनभर परिवारैसहित उक्त स्थानमा रमाउने र केही योगदान गर्ने योजनासमेत बनाएको उनले सुनाए ।

धुलिखेलका राजन श्रेष्ठमात्रै हैन बनेपाका दिनेश न्यौपानेलाई पनि केही दिनयता यो सजावटयुक्त सडकले आकर्षित गरेको छ । यो बाटोमा हिड्दा उनलाई पनि राजन श्रेष्ठको जस्तै आनन्द अनुभुति हुने बताउँछन् ।

श्रेष्ठ र न्यौपानेको मात्रै हैन कार्यक्रमस्थलको आकर्षक र मनोमोहक सजावटले आवत जावतको धेरैको रुट परिवर्तन भएको अनुमान लगाउन सकिन्छ । यही असोज ११ गतेदेखि २७ गतेसम्म हुने कार्यक्रमको अन्तिम तयारीसँगै यो सडकमा सवारीको चाप बढेको स्थानीयले अनुमान लगाएको छन् । विगतको तुलनामा केही दिन यता यस सडकमा सवारी गुड्नेको चाप बढेको स्थानीय गंगा थापा बताउँछिन् ।

 

त्यसो त टिकटक प्रेमीका लागि सुटिङ्ग गर्न पनि यो सजावट उपयुक्त ठान्न थालिएको छ । अहिले दैनिक सयौंले सो स्थानको आकर्षक सजावटमा टिकटक बनाइरहेको देखिन्छ । काभ्रेकी सञ्जु भट्टराईलाई यहाँको आकर्षक दृष्यमा बनाइएको टिकटकले धेरैको मन जितेको बताउँछिन् । फरक सजावटमा रहेको उक्त स्थानमा गएर बनाएको टिकटकले भ्यू र लाइक दुबै बढेको उनी बताउँछिन् ।

काठमाडौं भक्तपुर र ललितपुरको अतिरिक्त काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग जिल्लाका सबैजसो मन्दिर, चोक र पाटी पौवामा कार्यक्रमको व्यानर तुल झुण्डिएका छन् । कार्यक्रमलाई सब्य र भब्य बनाउन व्यवस्थापन पक्षले कुनै कसर बाँकी राखेको छैन् ।

कार्यक्रमको आक्रमक प्रचार शैली र चुस्त दुरुस्त व्यवस्थापनले भीभीआईपीदेखि सर्वसाधारण गरी लाखौं भक्तजन आउने अनुमान लगाइएको छ ।

देशैभरबाट बस रिजर्भ गरेर भक्तजन आउने संभावनालाई मध्यनजर गरी ठूलो क्षेत्रफलमा पाकिङ्गस्थल बनाइएको छ ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं. ९ को ताथली नालाछापमा सञ्चालन गर्न लागिएको उक्त विशाल महायज्ञले यो ठाउँलाई समेत देशैभर चिनाउने देखिन्छ । त्यसैले पनि यो ठाउँ चिनाउन स्थानीयको लागि अहोभाग्य र अवसर भएको स्थानीय बताउन थालेका छन् । यो विशाल कार्यक्रमले यो क्षेत्रकै विकास र पहिचानमा मद्दत पुग्ने एमालेका स्थानीय नेता श्रीकण्ठ खड्का  बताउँछन्  ।

देशभर रहेका बेसाहारा, पिडित, दुःखि, अपहेलित, गरीब, निमुखा तथा आधारभुत आबश्यकताबाट बञ्चित जेष्ठ नागरिकका लागी विशाल आश्रम निर्माणमा सहयोग पु¥याउने हेतुले यो ज्ञान महायज्ञ सञ्चालन हुदैछ ।

महायज्ञ सञ्चालनको पुर्वसन्ध्याको अवसरमा आयोजित पत्रकार सम्मेलनमा ७० प्रतिशतभन्दा तयारी भइसकेको छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराजश्रीले बताए ।

जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको लागी जमिन खरिद संगै वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला संत्संग भवन, पुस्तकालय, संन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको प्रमुख बालयोगेश्वर विजयमुर्ति महाराजश्रीले जानकारी दिए ।

कार्यक्रमको मूख्य आकर्षण राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि प्रसिद्ध कथाबाचिका रहेको छ । सो ज्ञान महायज्ञमा गरिमा उपाध्याय र उमामहेश्वरीको मुखारबिन्दुबाट कथा वाचनको कार्यक्रम रहेको प्रमुख विजयमूर्ति महाराजले जानकारी दिए ।

कार्यक्रममा विजयमुर्ति महराजले भने– ‘यस्ता महोत्सवले सुख शान्ति, भक्ति र मनोरञ्जन एकैसाथ दिन्छ नै, तर हाम्रो उद्देश्य वेसहारा जेष्ठ नागरिकको संरक्षक बन्ने मात्र नभई देशैभर त्यस प्रकारका जेष्ठ नागरिक कोहि पनि नरहुन र कोहि भएमा हामी संरक्षक बन्न सकौं भन्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको यो महान अभियान हो । यस्तो पवित्र धार्मिक तथा सामाजिक कार्यका लागि सबैबाट साथ सहयोगको अपेक्षा गरे ।’

गएको असार १८ गते उदघाटन गरिएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’मा हाल देशका विभिन्न स्थानका जेष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन । यसको क्षमता बृद्धि गरी धेरै भन्दा धेरै जेष्ठ नागरिकलाई आश्रय दिइने लक्ष्य राखिएको छ ।

महायज्ञ मुल आयोजक समारोह समिति गठन

यसैबीच महायज्ञलाई प्रभावकारी र व्यवस्थित बनाउन आयोजकले स्थानीय बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवीसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसके पछि बालयोगेश्वर विजयमुर्ति महाराजश्री संरक्षक रहेको मुल आयोजक समारोह समिति गठन गरेको छ ।

स्थानीय केशरबहादुर खड्का संयोजक रहेको उक्त समितिको निर्देशकमा सुवास ढुंगाना रहेका छन् । त्यस्तै सह–संयोजकमा श्रीकण्ठ खड्का, भरतबहादुर थापा, सुरेशराज गिरी, भगवान थापा र श्रीराम थापा रहेका छन् ।

त्यसैगरी उप–संयोजकमा रमेश खत्री, मोहन ढुंगाना, सुरेशकुमार खड्का, सत्यराज गिरी, राजेन्द्र श्रेष्ठ, सानुभाई राउत रहेको समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij