२०८३ साउन १७ आइतबार

विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय

ई आर्थिक    बिहिबार, असोज ४ २०८०
7.4K
Shares
विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय

ई-आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले दिनुभयो ।

शिक्षा अधिकारी कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको माग प्रशस्त्र हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसका सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुने ब्यहोरा जनकारीका लागि निर्देशानुसार अनुरोध छ ।’’

विद्यालय-सञ्चालन-सम्बन्धी-सूचना

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij