२०८३ असोज ८ बिहिबार

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर, बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव

ई आर्थिक    आइतबार, भाद्र १० २०८०
5K
Shares
प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर, बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । शुक्रवार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो ।

सीईओ मानन्धरले शुक्रवार नै बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । स्थापनाकालदेखि बैंकमा महाप्रबन्धकको रूपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम सीईओ थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरू गरेमा सीईओ मानन्धर राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij