ई–आर्थिक, काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफनो तेह्रौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सो सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्येनजर गरेर बैंकले आफ्नो तेह्रौं वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको थियो ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको पनि सो सभा मार्फत जानकारी दिइयो ।