२०८३ साउन २२ शुक्रबार

चन्द्रागिरि हिल्सको १४औं वार्षिकोत्सव सम्पन्न, कम्पनीद्वारा विभिन्न ६ विधामा पुरस्कृत

ई आर्थिक    बुधबार, साउन १७ २०८०
4.9K
Shares
चन्द्रागिरि हिल्सको १४औं वार्षिकोत्सव सम्पन्न, कम्पनीद्वारा विभिन्न ६ विधामा पुरस्कृत

ई–आर्थिक, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीको व्यवस्थापक समूहले वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा कम्पनीले विभिन्न ६ विधामा उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेको छ ।

त्यसैगरी सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका र गतवर्ष उत्कृष्ट कार्य गर्ने चार कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट लगायत पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले पर्यटकीय गन्तव्यस्थलको रूपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइस्थल हुने गरी सेवा प्रदान गर्न कर्मचारीलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij