२०८३ असोज ८ बिहिबार

नेपाल इन्भेष्टमेन्ट मेगाको एक्सटेन्सन काउन्टर अर्घाखाँचीमा

ई आर्थिक    मंगलबार, असार १९ २०८०
7.4K
Shares
नेपाल इन्भेष्टमेन्ट मेगाको एक्सटेन्सन काउन्टर अर्घाखाँचीमा

ई–आर्थिक, अर्घाखाँची : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर–२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो सँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टर भएका छन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर–२ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर–३ का वडा अध्यक्ष तेज प्रसाद खनाललगायत स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरूले बैंकिङ सेवाको पहुँच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका अर्घाखाँची शाखा प्रमुखले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टरमार्फत् सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत् बैंकिङ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij