२०८३ साउन १६ शनिबार

हुम्लाका महिला समूहमा आबद्ध हुदै सामूहिक च्याउ खेती गर्दै

ई आर्थिक    शनिबार, असार ९ २०८०
6.1K
Shares
हुम्लाका महिला समूहमा आबद्ध हुदै सामूहिक च्याउ खेती गर्दै

ई–आर्थिक, काठमाडौं । महिला समूह मिलेर सामूहिक च्याउ खेती सुरु गर्नुभएको छ । बजारमा च्याउको माग बढिरहेका बेला आम्दानीमा वृद्धि हुने देखिए पनि महिला कृषक समूह मिलेर यो खेती गर्न थालेका छन् ।
सिमकोट गाउँपालिका–६ को मानसरोवर कृषि महिला समूहमा आबद्ध हुँदै आएकी परेउकली रोकायाले महिला मिलेर सामूहिक च्याउ खेती गरेर उत्पादन सुरु भएको बताइन् ।
च्याउ खेतीका लागि आवश्यक काम पनि समूहका सदस्य मिलेर काम गर्दै आएकी हुन् । प्लास्टिक, बिउ र अन्य आवश्यक औजार भने एक आयआर्जनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्थाले सहयोग गरेको हो ।

समूहले हिंसापीडित र केही गर्ने महिला छानेर च्याउ खेतीमा लागिएको छ । उहाँले अहिले उत्पादन भएको च्याउ पनि तिनै सदस्य मिलेर बजारमा बिक्री गरिरहेको बताइन । च्याउ बिक्रीबाट सदस्यको हातमा नगद आउन थालेपछि महिलाहरू निकै खुसी हुन थालेका छ ।

एउटा कृषक महिला समूहमा १५ देखि २० जना महिला सदस्य आबद्ध रहँदै आएका छन् । उहाँले अघिल्ला वर्षमा सदस्यले आआफ्नै किसिमका काम गरेको भए पनि यस पटकबाट सामूहिक खेती सुरु गरिएको बताए । महिलाको आयआर्जनको क्षेत्रमा काम गर्दै आएको नेपाल–अस्ट्रेलिया साझेदारी संस्थाका कृषि संयोजक तीर्थराज बोहराले महिलाको जीविकोपार्जनमा सुधार ल्याउन र आम्दानी वृद्धि गर्न महिलाद्वारा च्याउ खेती सुरु गरिएको बताइन् ।

महिला मिलेर च्याउ खेती राम्रो गरिरहेको बताउँदै उहाँले यो खेती आम्दानीको राम्रो स्रोत बन्ने सम्भावना देखिएको बताइन् ।

सिमकोट गाउँपालिका–५ र ६ मा लागु भएको यो कार्यक्रमले २० वटा महिला समूहलाई च्याउ खेती गराएर उत्पादित च्याउ बजारमा ल्याउने वातावरण तयार पारेको हो । यी दुवै वडामा १६ वटा महिला समूह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij