२०८३ असोज ८ बिहिबार

कुमारी बैंकद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण

ई आर्थिक    मंगलबार, असार ५ २०८०
3K
Shares
कुमारी बैंकद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु¥याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य सबैले दुई देखि तीन दिनको बाटो हिँड्नुपर्दछ । यही कष्टलाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले मिति २०८० जेठ ३ गतेका दिन काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पु¥याउने कार्य सम्पन्न गरेको छ ।

कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकहरूका लागि चौर्तफी रूपमा सेवा–सुविधा पु¥याउने कार्यलाई निरन्तरता दिने कुराकोे प्रतिबद्दता जनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij