२०८३ साउन ११ सोमबार

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा थानाभर्याङ सब–स्टेसनको अनुगमन

ई आर्थिक    सोमबार, जेष्ठ १५ २०८०
3.6K
Shares
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा थानाभर्याङ सब–स्टेसनको अनुगमन

ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब(स्टेसनको अनुगमन भ्रमण गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब(स्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिनुभएको थियो । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सब(स्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित पनि बन्नुभयो ।

त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब(स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित बन्नुभएका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभयो ।

उहाँले सब(स्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेकट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी समेत दिनुभयो । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन दिनुभयो ।

‘‘सब(स्टेसन निर्माणको अनुगमनमा नियमित रूपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौ, सब(स्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सब(स्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रूपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौँ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘‘तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ ।’’

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का टोडी बाँकी रहेको काम गर्न टेण्डरमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेकट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो ।

यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सब(स्टेसन निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सब(स्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij