२०८३ साउन १४ बिहिबार

आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल

ई आर्थिक    मंगलबार, बैशाख १२ २०८०
8.2K
Shares
आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल

ई–आर्थिक, काठमाडौं । आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो १ अर्ब जारी पूँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलवार कम्पनीको कार्यालय पानीपोखरी, काठमाडौंमा आयोजित एक कार्यक्रममा विक्री प्रबन्धकसँग सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । सबैभन्दा बढी कर तिरेको आधारमा रेमिट्यान्स व्यवसायीमध्येबाट कम्पनी पटकपटक ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij