२०८३ साउन २२ शुक्रबार

हिमाल आरोहणका लागि ९०३ को अनुमति, सगरमाथापछि आरोहीको रोजाइमा ल्होत्से हिमाल

ई आर्थिक    आइतबार, बैशाख १० २०८०
4.7K
Shares
हिमाल आरोहणका लागि ९०३ को अनुमति, सगरमाथापछि आरोहीको रोजाइमा ल्होत्से हिमाल

ई–आर्थिक, काठमाडौं । २०२३ को वसन्तऋतु शुरू भएसँगै आरोहणका लागि अनुमति लिने क्रम पनि बढेको छ । हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सगरमाथा आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागले ७२ महिलासहित ३९६ जनालाई यो सिजनमा सगरमाथा चढ्न अनुमति दिएको छ । अनुमति लिएको ७५ दिनसम्ममा पर्वतारोहीले सगरमाथा आरोहण गरिसक्नुपर्छ । वसन्त ऋतुमा आरोहीले खासगरी सगरमाथा आरोहण गर्न बढी रुचाउँछन् । विभागले ६ हजार मीटरभन्दा अग्ला अन्य हिमाल र हिमचुचुरा आरोहणका लागि पनि अनुमति जारी गर्छ ।

यो सिजनमा सगरमाथा आरोहण अनुमतिबाट विभागले ५५ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सगरमाथा सहित २३ ओटा हिमाल तथा चुचुरा आरोहण अनुमति जारी गर्दा विभागले कुल ६४ करोड ४८ लाख राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणका लागि पर्वतारोहीले अन्य हिमाल तथा चुचुराको तुलनामा बढी राजस्व बुझाउनुपर्ने हुँदा यसबाट हुने आम्दानी बढी नै हुन्छ ।

यो सिजनमा कुल ९०३ पर्वतारोहीले विभागबाट अनुमति पाएका छन् । सगरमाथापछि बढी आरोहीको रोजाइमा परेको हिमाल ल्होत्से हो । विभागका अनुसार ल्होत्से आरोहणका लागि ८० पर्वतारोहीले अनुमति लिएका छन् ।

विभागले अन्नपूर्ण, सुर्मासरोवर, पाँग्री गोल्डुम्बा, मनासलु, थोरोङ पिक, बरूण त्से, नुप्त्से, हिमलुंग हिमाल, धवलागिरि, थापा पिक, अमादब्लम, मकालु, अरनिको चुली, पुमोरीलगायत हिमाल आरोहणका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij