२०८३ भाद्र २९ सोमबार

अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

ई आर्थिक    शनिबार, चैत्र १८ २०७९
10.3K
Shares
अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

ई–आर्थिक, काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका अनुसार शुक्रवार मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रभु इन्स्योरेन्स लिमिटेडसँग मर्जर सम्झौता तोडेकै दिन पुस २६ गते अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको थियो । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२।५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको छ । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ ।

बीमा क्षेत्रमा पूँजी वृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यहि चैतभित्र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू। ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij